• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धमला and खसी


धमला र उसको केहि साथीहरु मिलि राति रक्सि खाने कार्यक्रम बनाएछन। धमलाले साथीहरुलाई भनेछ - केटा हो म मेरो घरबाट खसी चोरेर ल्याउछु काटेर रक्सि सित खान ,तिमीहरु अलि अलि तान्दै गर भनि घर खसी चोर्न गएछ । त्यस पछि धमलाले साथीहरु सित रात भरि रक्सि र मासुको भब्य पार्टी गरे छ। बिहानी पख रक्सि मासु पनि सबै सकियो पार्टी पनि बन्द भयो सबै जना आ आफ्नो घर तिर लागे। धमला पनि घर आयो तर आश्चर्य हिजो चोरेर काटी खाएको खसी त घर मै घाममा बसेर उग्राई रहेको रहेछ। हत्त न पत्त घर भित्र छिरेर स्वास्नीलाइ सोधे छ -
धमला - यो खसी कहाँ बाट आयो यहाँ ?
धमली - खसीको कुरो छोड , मलाई यो भन हिजो राति चोर जस्तो सुटुक्क घरको कुकुर लिएर रात भरि कहाँ गएको ?